What does the Divine see when it looks at a struggling, seeking soul? This Nepali spiritual poem imagines that gaze — tender, patient, and infinitely compassionate — looking upon a human life with all its fears, distractions, and longing for liberation.
कहिले आँखा चिम्लिएर
कहिले आँख खोलेर
तिम्रा रुप देख्छु थरीथरी
जन्मौं जन्म भोगेका कष्ट आँसु खसाली रुन्छौ कहिले
जुनी जुनीका भ्रमका पर्दा च्यातिंदा कहालिन थाल्छौ कहिले
तिमी रुँदा कराउँदा आत्तिंदा चिच्याउँदा
यस्तो लाग्छ सबै दुःख मेटाइदिउँ यो ब्रहमाण्डबाट ।
यो भवसागरको बन्धनबाट तिमीलाई पूर्ण मुक्त गरुँ ।
मेरो प्राण, तिमी नआत्तेऊ, नडराऊ । सम्हालिएर पाइला बढाऊ ।
म तिमीलाई बोलाइरहेंछु धीर, गम्भीर, स्थिर बनी मेरो आवाज सुन ।
तिमीलाई मृत्युले नछोओस् कष्टले नभेटोस् शान्ति तिम्रो पुरक बनोस् ।
तिमी सुद्ध पवित्र चैतन्य बन, तिमीभित्र दिव्यता भरियोस् ।
अहोरात्र मेरो प्रयास यही छ
तिमी चित्तको पछि नलाग, मन र बुद्धिलाई वशमा गर
निश्काम, निस्वार्थ, निष्कपट भक्तिभावले शरणागत बन
तिमीले एककदम पाइला चलाउँदा म खुशीले गद्गद् हुन्छु ।
%20(1).png)
सबैथोक गरेर पार तार्नेछु भनी उत्साहले भरिन्छु ।
तिम्रो मुहारमा मुस्कान देख्दातिमीले सन्तुष्टीकासाथ सुमिरण गर्दा
मेरो हर्षको सीमा रहन्न
तिमीलाई हेरिरहन्छु
कहिले आँखा चिम्लिएर तिमीले भोगेका जीवन हेर्छु
कहिले आँखा खोलेर तिम्रा इच्छा, आकांक्षा, सपना नियाल्छु
तिम्रा रुप देख्छु थरी थरी ।।
तिम्रा डर, छटपटी
यही जीवनमा पार तर्ने तिमीभित्रको हुटहुटी
सत्यमार्गमा हिंड म छु तिम्रै वरिपरि
अँन्धकारमा ज्योति बनी डोहोर्याउनेछु सधैंभरी ।।
तिमीलाई हेरिरहन्छु, मेरो प्रिय आत्मा,
तिमी नै मेरो हृदयभरी ।।
Read Previous: चेतनाको पूर्णिमा Read Next: गुरु कृपा
.png)