The full moon in Nepali culture has always been a symbol of completeness, clarity, and the illuminated mind. This poem — Chetanako Purnima, the Full Moon of Consciousness — is a dialogue between the soul and its source.
कृपाका छहरा ती स्नेहिल हातले छुँदा
मभित्र जो संचार भो ब्रह्मनादको झंकार भो
छोरी, यो तिम्रो घर होइन, तिमी यहाँको वासी होइन
अनन्त महासागर छ, अभेद्य महाआकाश छ
स्वर्गका देवगणले पनि जो पाउन नसक्ने छ
पुजित भगवानहरुको जहाँ पुग्ने एक लक्ष्य छ
त्यो घर युगौंदेखि तिम्रो प्रतिक्षामा शून्य छ
पुनः तिमी आऊ भन्ने एउटै परम सन्देश छ ।
बाबा, भड्किएरै कति जीवन मैले बिताइदिएँ
राग, आसक्तिको पुतला लथालिंग बनी जिएँ
भोग्नुपरोस् मेरा कुकर्मका दोषहरु मैले
सुकर्मका दोष सबै मेटाइदिनुस् हजुरले
अब अघि नगरुँ म स्वार्थसहित कुनै कर्म
प्रतिक्रिया रहित बनुँ रत्ति पनि नभरुँ चित्त
हजुरको उद्देश्यलाई बनाएर एउटै लक्ष्य
चल्न सकुँ सत्मार्गमा त्यागुँ मन-बुद्धिका गीत ।
करुणाको यो धारामा स्नान गर्दै पखालिंदै
उथल पुथल आँधिबेहरी सबैमा स्थिर रहँदै
निरन्तर म अघि बढुँ आफ्नो घरसम्म पुग्न
वात्सल्यको त्यो भूमिमा, करुणाको मन्दिरमा
जहाँ चिदाआनन्दको अमृत छ, ब्रह्मरसको मूल छ
जहाँ मेरो बाबाको काख, त्यहीं परमप्रकाश छ ।
Read Previous: त्रिकुटेश्वरानन्द आनन्द रुप Read Next: सायद परम नजरमा म यस्तो छु कि?
.png)