छोरीलाई सम्बोधन — A Mother's Letter to Her Daughter | A Nepali Poem on Work, Guilt, and Choosing Presence
हाम्रै जीवन चलाउन भन्दै यो म जो धाउँछु
मान्दैन मन शरीर लाग्छ थाकेर अब चूर भयो
भविष्य सुनौलो बन्ला भन्ने झूठो गीत जो म गाउँछु
जान्दछु यो दुई चार सुको कमाएर केही हुन्न
तेति पनि नकमाए आजै टार्ने मेलो हुन्न
तिमीलाई रुवाएर काम काम जो म भन्दछु
बिना वर्तमानको कुन भविष्य म जोगाउँछु ?
ठूलो महल ठड्याउने कुनै इच्छा छैन मेरो
गाडि घोडा आफ्नो सवारी केही चाह छैन मेरो
समयको हिसाबले तिमीलाई पढाउन पाउँ
असल बाटो, धर्मको पथ तिमीलाई दिलाउन पाउँ
यति गर्न दुई छाक टार्न कुनै छानो मुनी बस्न
मैले पढ्या विध्याले नै दिन्छ केही न केही गर्न
तिम्रो बालापनलाई आमा नजिक चाहिएको छ
तिम्रो आसु टेकी नाम मलाई कमाउनु छैन
अब केही सानो गर्ने, शान्त गर्ने, सँगै गर्नेतिमी अलिक माथि बढ्दा मैले अलिक धैर्य गर्ने
संघर्ष त सबै गर्छन् तर त्यसकै लागि नमर्ने
आफूभित्र पस्नु छ अब बाहिर बाहिर नदौडिने
कोही भन्लान् कामबाट भाग्ने पनि मान्छे हो र?
माथि पुग्ने लक्ष्य नभाको लाछी पनि मान्छे हो र?
अरुलाई देखाउन म बाँच्दिन तिमी नबाँच्नू
म आफूभित्र यात्रा गर्छु तिमी पनि त्यसै गर्नू
हाम्रो गन्तव्य एउटै मन प्रसन्न हुँदै जाला
जहाँबाट सुरु भयो यात्रा हाम्रो, हामीले पुग्नु छ त्यहीं
Read Previous: आमा हुँदा साथमा Read Next: हे ईश्वर तिमी नै आयौ कसरी?
.png)
.png)