हे ईश्वर तिमी नै आयौ कसरी — O God, How Did You Come? | A Nepali Devotional Poem of Disbelief and Gratitude
Of all the emotions on the spiritual path, perhaps the most overwhelming is not joy or peace — it is disbelief. The disbelief of the devotee who, after a lifetime of searching, finds the Divine unexpectedly close. This poem is born from that moment.
हे ईश्वर तिमी नै आयौ कसरी
यो भाग्य मलाई मिल्यो कसरी
त्यो काखको नै म हकदार भए झैं
अलौकिक करुणा मिल्यो कसरी
थाहा छ तिम्रै म अंश हुँ प्रभु
तिम्रै स्वासले जीउने जीव हुँ प्रभु
तर मुक्ति मार्ग देखाउने स्वयं
परमपिताको दर्शन मिल्यो कसरी
हे ईश्वर तिमी नै आयौ कसरी
यो भाग्य मलाई मिल्यो कसरी
करुणा भावले तिमी हेर्छौ जसरी
म त्यही दृष्टिले संसार हेर्न सकुँ
वात्सल्य प्रेम जो बग्दछ अविरल
त्यसैमा आफूलाई बगाउन सकुँ
मेरा पनि जति होलान् जिम्मेबारी
सत्यमार्गमा रही कर्म गर्न सकुँ
अविरल अनन्त अथाह सागरमा
पौडिएर इतिहास म रच्न सकुँ
हे ईश्वर तिमी नै आयौ जसरी
औंला समाती पार म पुग्न सकुँ
यो भवसागरको बन्धन तोडेर
अमरलोकको भागिदार बन्न सकुँ ।
तिम्रो काखको म बालक सधैं
त्यो वात्सल्यको रसपान गर्न सकुँ
तिमीले पिलाए हे पिता प्रेमले
ब्रहमरसको रसस्वाद गर्न सकुँ ।
त्यो काखको नै म हकदार भए झैं
अलौकिक करुणा मिल्यो कसरी
थाहा छ तिम्रै म अंश हुँ प्रभु
तिम्रै स्वासले जीउने जीव हुँ प्रभु
तर मुक्ति मार्ग देखाउने स्वयं
परमपिताको दर्शन मिल्यो कसरी
हे ईश्वर तिमी नै आयौ कसरी
यो भाग्य मलाई मिल्यो कसरी
करुणा भावले तिमी हेर्छौ जसरी
म त्यही दृष्टिले संसार हेर्न सकुँ
वात्सल्य प्रेम जो बग्दछ अविरल
त्यसैमा आफूलाई बगाउन सकुँ
मेरा पनि जति होलान् जिम्मेबारी
सत्यमार्गमा रही कर्म गर्न सकुँ
अविरल अनन्त अथाह सागरमा
पौडिएर इतिहास म रच्न सकुँ
हे ईश्वर तिमी नै आयौ जसरी
औंला समाती पार म पुग्न सकुँ
यो भवसागरको बन्धन तोडेर
अमरलोकको भागिदार बन्न सकुँ ।
तिम्रो काखको म बालक सधैं
त्यो वात्सल्यको रसपान गर्न सकुँ
तिमीले पिलाए हे पिता प्रेमले
ब्रहमरसको रसस्वाद गर्न सकुँ ।
.png)