त्रिकुटेश्वरानन्द आनन्द रुप— A Devotional Poem of Surrender and Bliss | Nepali Spiritual Poetry

This deeply devotional poem begins with disarming honesty: the devotee admits her failings to the Divine, asking who else could forgive so completely, whose heart is vast enough to hold all of it. And then something shifts — because in the space of true surrender, fear disappears.


कति बदमासी मैले गरें नि बाबा
मेरो करतुत सबै हजुरलाई थाहा छ
तर क्षमा गर्न अरु कसले सक्छ?
त्यो विशाल हृदय अन्त कहाँ छ?
कृपानिदान करुणाअवतार
त्रिकुटेश्वरानन्द आनन्द रुप ।।
रुँदै मैले पुकारा गरेको
जीवनदेखि हारी शरण परेको
गगनमा हेर्दै मन्त्र जपेको
सुमेरुमा चरण स्पर्श गरेको
सबै महसुस अरु कसले गर्छ?
आँखा चिम्लिए दर्शन प्रभुको ।।
कृपानिदान करुणाअवतार
त्रिकुटेश्वरानन्द आनन्द रुप ।।
अब सुन्दरताको कुनै सीमा छैन
आनन्दको अन्त्य हुँदै हुँदैन ।
न भय कहीं छ न रीस आरिस
तेरो मेरो आफ्नो पराया कोइ छैन ।
परमकृपाको भागी जो बन्न सक्छ
सुखको अनुभूती त्यो गर्न सक्छ ।
यहाँ आइपुग्दा अब केइ चाहिन्न
मसँग सबै छ दौलत पूर्ण ।
पलपल साथ हरपल सुरक्षा
हरक्षण होस हरक्षण चंगा ।
कृपानिदान करुणाअवतार
त्रिकुटेश्वरानन्द आनन्द रुप ।।

Read Previous: यो प्रेम वात्सल्य तिम्रो आमा                                                Read Next:  चेतनाको पूर्णिमा