यो प्रेम वात्सल्य तिम्रो आमा


यो प्रेम वात्सल्य तिम्रो आमा
सुगन्ध फैलाउने कस्तो गाना
सीतल स्पर्शले छुँदै शरीरमा
हाँस्दै लहरिंदै हिंड्छ्यौ महामाया ।।

ममताले भरिएको विशाल आँचल
म लडिबुडि गर्छु आनन्द बाँच्छु ।
न पोल्छ आगोले न रुझाउँछ वर्षात
तिम्रै स्पर्शको माधुर्यमा डुब्छु ।।
कहाँबाट ल्यायौ यो प्रेमको सागर
खुशीले ओतप्रोत आल्हादित रहन्छु ।।
जसै हेछ्र्यौ कोमल नयनले
संसारमै आफू भाग्यमानी ठान्छु ।
तिम्रो शब्द शब्दको मधुरतामा
जीवनको ज्ञान गंगा म उर्जा समेट्छु ।।
दिन मात्रै जान्ने, स्नेहमा डुबाउने
ए आमा ! तिम्रो निम्ति म के गर्न सक्छु?

ममत्वको सामु सबै चिज फिका
निस्वार्थ, निर्दोष, निश्काम अरु के नै हुन्छ?
तिमीसँग सिकेर म कोशिस गर्छु
तिम्रै छाँया बन्ने प्रयासरत छु ।
वात्सल्य लुटाउने हे जगत जननी!
निस्वार्थता, निर्दोषिता भरिदेऊ म भित्र ।
सबै पाएर नि अझै मागिरहेंछु
हे सर्वेश्वरी मा, शरणागति छु ।।

Read Previous: परमकृपा                                                           Read Next: त्रिकुटेश्वरानन्द आनन्द रुप