परमकृपा — The Supreme Grace | A Nepali Spiritual Poem on Divine Compassion and Human Blindness

Grace flows everywhere — and yet we, who are shaped with the capacity to perceive it, are often the last to receive it. Paramkripa, the Supreme Grace, is a poem of both wonder and self-examination.
परमकृपा मात्रै बगेको देख्छु
रोम रोम सिंचित भएकोे देख्छु
कर्मको बन्धन चुँडालिदिन
ईश्वर स्वयं लालायित देख्छु ।
सबै पाउँदा नि लिनै नसक्ने
लिएर पनि बोध गर्नै नसक्ने
अन्धो बहिरो अपांग देख्छु ।
जीव जन्तु वनस्पति सहश्र स्वीकार्छन्
उनको कानुनमा आफूलाई चलाउँछन्
मन बुद्दि चेतको संरचना म
सचेत न अचेत भरी न रित्तो
जगत ओगट्ने भार पो देख्छु ।
यो गर्दा हुन्छ कि त्यो गर्दा हुन्छ कि
यो दिंदा सुन्छ कि त्यो दिंदा गर्छ कि
यो लिई बुझ्छ कि त्यो लिई सुझ्छ कि
यस ज्ञानले उठ्छ कि यो ध्यानले जाग्छ कि
कति धेरै इच्छा भवसागर पार गराउने
कति धेरै इच्छा मानवलाई देव बनाउने
तिमी मेरो अंश तिमी मेरो प्राण
म तिम्रैलागि यस धरामा आएको
रागलाई त्यागेर समभाव राखिदेऊ
ऊ पनि तिमी हो तिमी पनि ऊ हौ
म पनि तिमी हुँ तिमी पनि मै हौ
हृदय खोलेर करुणा बगाइदेऊ ।
स्नेह र सम्मानले सम्बन्ध रंगाइदेऊ ।
यो धर्ती स्वयं देवलोक बन्नेछ
केवल तिमी करुणाको सागर बनिदेऊ ।
बारबार हरदम यही आवाज सुन्छु
परमात्मा हात फैलाई उभिएको देख्छु ।
परमकृपा मात्रै बगेको देख्छु ।
रोम रोम सिंचित भएको देख्छु ।।
परमकृपा हि केवलम् । परमकृपा हि केवलम् । परमकृपा हि केवलम् ।।