परमकृपाको वर्षात — The Downpour of Supreme Grace | A Nepali Poem on Awakening and the Illusion of the World
What if grace has always been falling, like rain — and we simply haven't been standing in it? Paramkripako Varshat, the Downpour of Supreme Grace, is perhaps the most expansive poem in this collection. It begins with awe — the poet watching, astonished, as something vast dissolves the walls of ego.
यति धेरै करुणा यति धेरै स्नेह यति ठूलो हृदयको पुकारम हेरी हेरी चकित हुन्छु यो परमकृपाको वर्षात
अहम् आडम्बरका बाँध टुटे, ईश्र्या रीस भय राग छुटे
मनको मैलो बुद्धिको खेल संकल्पको अघि घुँडा टेके
चित्तका स्मृति दहन भए मेरा इन्द्रिय स्वयं शरण परे
परम कृपा म धारण गरुँला मेरा सत्य देख्ने आँखा खुले
यति धेरै करुणा यति धेरै स्नेह यति ठूलो हृदयको पुकार
म हेरी हेरी चकित हुन्छु यो परम कृपाको वर्षात
मायाको जालो धर्मको फेरो संस्कारको थैली सभ्यताको मैलो
संसारी माया आशा अपेक्षा भौतिकताको यो नक्कली टालो आजै जोडिने
आजै तोडिने यी सम्बन्धहरुको जंजाल कस्तो
डुबेर यसैमा जन्मिंदै मर्दै कतिञ्जेल म चक्कर काटिरहुँला
जन्मौंजन्मका कर्मदोष बोक्दै व्यहोर्दै थप्दै मलमै डुबुँला
आसक्तिका मलले परमतत्वबाट म झन् झन् टाढा टाढा पुगुँला
यो हृदय भित्र आत्मा छ भन्छु त्यसले मलाई के आफ्नो सम्झेला
कहाँ भाग्दैछु म के पाउनलाई आफू आफ्नै लागि पराया बनुँला
नश्वर शरीर नश्वर संसार नश्वर भवसागरसँग आसक्ति छुटे
मोहमा नपरी संसारी सम्बन्ध अभिनयमै सिमित गर्न सके
कर्म जुनीलाई सत्यमार्गमा लगाई निश्काम कर्म गर्न सके
प्रकृतिमाताको कोखलाई हँसाई परमात्माको शरण पर्न सके
परम कृपा म धारण गरुँला मेरा सत्य देख्ने आँखा खुले
यति धेरै करुणा यति धेरै स्नेह यति ठूलो हृदयको पुकार
म हेरी हेरी चकित हुन्छु यो परम कृपाको वर्षात
Previous: गुरु कृपा Read Next:
.png)
.png)