जनकपुरधाम डायरी — १ (Janakpurdham Diary-1)

I came to Janakpurdham without a plan, without conditions, without even asking what the city was like. What followed were years of learning — a new field, a new society, and the quiet weight of being a woman who doesn't wear sindoor in a place that notices.

एक दिन इराका लागि कापि किन्न एउटा पसलमा गयौं । साउनीले “यो तिम्रो छोरी हो?” भनेर सोधिन् । मैले “हो” भनें । उनले सोधिन् “एसका बाबा कहाँ छन्? के काम गर्छन्?” यो कति फाल्तु प्रश्न हो त्यो तपाईंलाई मैले भन्नुपर्दैन तर एक बालिका जसले आफ्ना बुवालाई वर्षौंदेखि साथमा देखेकि छैन उसका लागि त्यो प्रश्न कति दुःखपूर्ण हुन्छ त्यो संवेदना यो समाजमा कहिले आउने? उनको प्रश्नको संकेत मैले टिसर्ट प्यान्ट लगाउनुमा थियो, सिन्दुर र पोते नलगाउनुमा थियो, प्रश्न गर्नु अघि उनले मलाई शिरदेखि पाउसम्म हेरेकी थिइन् । 

---------------------------------------

एकदिन अटोमा चढेर इरा र म कतै जाँदै थियौं । एक महिलाले सोधिन्, “यो तिम्री छोरी हो?” मैले “हो” भनें । उनले सोधिन्, “सिन्दुर किन नलगाएको?” 

“किनभने मेरा पतिले मलाई सिन्दुर पोते लगाउनुपर्छ भनेर बाध्य गर्दैनन् । मलाई जे इच्छा लाग्छ त्यो लगाउन छुट छ ।” 

“तर पनि सिन्दुर पोते लगाउनुपर्छ । विवाहित महिलाको गहना हो ।”

“हो र? मेरो श्रीमानले त विहे गरेर केही पनि लगाएर हिंडेका छैनन्, कसैले उनलाई किन लगाउँदैनस् भनेर सोध्दैनन् । मैले मात्र किन लगाउनुप¥यो? र अझ अर्कालाई देखाउनको लागि किन लगाउनुप¥यो?”

उनी गलल्ल हाँसिन् । घत परेछ होला ।

---------------------------------------

एकपटक अस्पतालमा महिला स्वास्थ्य स्वयं सेविकाहरुको लागि हामीले तालिम कार्यक्रम राखेका थियौं । वहाँहरु आउनुभयो । विभिन्न कुरा भए । कुरै कुरामा मैले भनें, मेरी पनि सानी छोरी छ । तपाईंहरु जस्तै हौं हामी पनि । एकजनाले भनिहाल्नुभयो, “किन केही पनि नलगाएको? चुरा पोते त लगाउनुपर्छ नि!” “मलाई मनपर्दैन त्यसैले नलगाएको ।” “धत् ।” वहाँको सहज जवाफ थियो ।

---------------------------------------

एकदिन अस्पतालको बाहिर कामका विषयमा छलफल गर्दै एक पुरुष सहकर्मी र म केहीबेर उभियौं । त्यसदिन साँझ म घर फर्कने बेलामा सँगै जोडिएको घरमा भएको पसलकी साहुनीले बोलाइन् । त्यहाँ इराका लागि चकलेट विस्कुट किन्ने भएकाले म उनीसँग बेलाबेला कुरा गर्थें । उनले बोलाएपछि अडिएँ । उनले सोधिन्, “त्यो अगि अस्पतालको बाहिर तँसँगै उभिएको मानिस तेरो श्रीमान् हो?”