समय समयको कुरा - When everything seemed dark



निस्पट्ट अध्यारो किन छ?

किन  चैन छैन मन मा 

किन दुख्छ छाति झन् झन् 

किन शान्ति छैन मन मा 

सायद मैले कुकर्म गरें 

या कर्म केहि गर्दै गरिंन

 या मेरा कुनै पनि कर्म 

खुशी जित्ने कोशिश थिएनन् 

सायद मैले खुशी चिनिन 

या खुशीले मलाई चिनेन 

सायद मैले आशु मन पराए 

या आशुले मलाई मन परायो 

सधैँ, यस्तै रहदैन 

मलाई थाहा छ मेरो कर्म गलत छैन 

सधै यस्तै रहदैन रहदैन रहदैन 

मेरो कोशिश व्यर्थ छैन 

मेरो विश्वाशमा स्वार्थ छैन