छोरी तिमी मेरी - For the love and light a daughter brings to a mother's life


हँसाउने तिमी माया सिकाउने तिमी 

काखमै निदाउने रात मा बिउझाउने तिमी 

तिमीले बदलदियौ मेरो जिन्दगी को कथा 

कहाँ हर्यौ थाहै पाईन मेरो पीडा व्यथा 


हँसाउने तिमी बेकारण रिसाउने तिमी 

दिनभरीको थकान भुलाई दिने तिमी 

शान्ति खलबलाई मनमा सुख दिने तिमी 

तिमीले बदलदियौ मेरो जिन्दगी को कथा 

कहाँ हर्यौ थाहै पाईन मेरो पीडा व्यथा 


यो कस्तो रीत प्रकृति को 

यो कस्तो नाता हामी दुई को 


छोरी तिमी मेरी, तिमी नै रत्न जस्तो लाग्छ 

भगवानले दिएको प्रेम को मुर्ति जस्तो लाग्छ 

तिमी मै सारा संसार छ 

तिमीमा मेरो रूप छ 

तिमी मै जन्मिएछु फेरी, छोरी तिमी मेरी 


हँसाउने तिमी मलाई सताउने तिमी 

मेरो छातीमा टाँसिई माया जताउने तिमी 

हरेक सानो चीजमा खुशी देख्ने तिमी  

तिमीले बदलदियौ मेरो जिन्दगीको कथा 

कहाँ हर्यौ थाहै पाईन मेरो पीडा व्यथा 


छोरी, संसारमा सबै भन्दा प्यारी 

तिमी सबै भन्दा प्यारी 

तिमी मै सारा संसार छ 

तिमीमा मेरो रूप छ 

तिमी मै जन्मिएछु फेरी, छोरी तिमी मेरी 

Note: The art used in this page was sketched by Era and colored by Copilot.