केही कुरा लेख्नु छ तिमीलाई - I Have Something to Tell You — A Nepali Poem on Self-Worth and Identity
Every person you have ever met is, in some fundamental way, a stranger to you. Not because they hide themselves — but because no one can fully transmit the interior of a life. The small moments that broke something in them. The accumulation of a thousand tiny wounds. The way a particular Tuesday afternoon quietly changed how they see the world forever.
We think we know the people closest
to us. We share meals, years, memories. We watch them laugh and cry and
struggle. And still — we are only ever witnesses to the surface. Because the
self is shaped by every millisecond of lived experience, and no one else has
lived yours.
This poem does not blame the people
who misread you. Your family loves you. Your friends try. The world means no
harm. But meaning well and truly knowing someone are two entirely different
things. And when people judge your reactions without knowing what has been
quietly building inside you — that is not cruelty. It is simply the limit of
what one human being can know about another.
I Have Something to Tell You is written for every person who has ever felt
simultaneously surrounded and unseen. It is an invitation — not to resent the
world for its blindness, but to turn inward, to become the one witness to your
own life that no one else can ever fully be.
Here is the poem (in Nepali language)
केही कुरा लेख्नु छ तिमीलाई
तिमी, जसलाई मैले बाल्यकालदेखि देखेकी छु
सँगै नहुर्के पनि, चिनेकी छु, जानेकी छु
तिमी, जसका आफ्नै नियम छन् जीवनका
तर अर्काको निम्ति झुकिदिन कसैले भन्न पर्दैन
तिमी, जसका आफ्नै उपलब्धी छन् मेहनतका
तर कसैका सामु देखाउनु जरुरी लाग्दैन
तिमी, जसले नथाकी, नसोची लडिरहेको छ
आफ्नै जीवनको युद्ध
तिमी, जसलाई बाहिरबाट चिन्नेहरुले भन्दाहुन्
जिद्धी, एकोहोरी, अभिमानी
तिमी, जसले कसैलाई नदेखाइ पुछेका पसिना
तिम्रो हातभरी देख्नसक्छु म
तिमी, जसले कसैलाई नदेखाई पुछेका आसु
तिम्रो आखाँभरी देख्नसक्छु म
तिमी, जसको बोली सायद
बालापनमा पनि कतिले
नसुनिदिएरै दबाइदिए
तिमीले दबिन सिक्यौ
तिमी, जसको उपस्थिति देख्दा देख्दै नदेख्न
यसरी बानी पारिदिए कि
तिमीले ओझेल पर्न सिक्यौ
तिमीले खुलेर हाँसेको पनि देखेकी छु
रिसाएर चिच्याएको पनि देखेकी छु
तर, तिमीले सिकिनौ
रिसलाई सही ठाउँमा पोख्न
सिकिनौ
दबाउनेलाई दनक दिन
सिकिनौ
काँडालाई ऐना देखाउन
त्यसैले
संसारले तिमीलाई चिन्नै सकेन
तिमीले काँडालाई
सबैको सामु
फूलझैं कोमल देखाइदिंदा
संसारले तिमीलाई पो काँडा देख्यो
अन्यायले सिर्जाएको आक्रोशलाई
सही ढंगले पोख्न नजान्दा
संसारले तिमीलाई गलत बुझ्यो
प्रिय, तिमी कति निस्वार्थ, निश्चल प्रेम गछ्र्यौ
यो बुझ्न
संसारलाई फुर्सद छैन
संसार बाहिरबाट हेर्छ
बाहिरबाटै निर्णय दिन्छ
उसले तिमीलाई चिन्दैन
जति नै आफ्नो भने पनि
या
म सधैं उसको भने पनि
तिम्रो ताते र तोते बोली देखी
तिम्राको ताते र तोतेबोलीसम्म चिन्नेले पनि
तिमीलाई चिन्दैन
तिमीसँगै थालमा खाएर
तिमीसँगै ओछ्यानमा सुत्नेले पनि
तिमीलाई चिन्दैन
नचिन्न यति सजिलो छ कि
चिन्नेले पनि
तिमीलाई नचिन्नुमा
आफ्नो भलाई देख्छ
कसैलाई रिझाउन पर्दैन
कसैको बन्नु पर्दैन
तिमी आफ्नो बनिदेऊ
एकपल्ट बाँकी सबै बिर्सेर आफूलाई सम्झेर
तिमी छाति खोलेर चिच्याउने हिम्मत गर
संसारले लगाएका नेमट्यागको बेवास्ता गर्दै
डाँको छोडेर रुने हिम्मत गर
एकपटक आँखा खोलेर
आफ्नो वरिपरि कोही पनि केही पनि
नदेख्ने गरी अन्धो बन
अनि आफूलाई न्याय गर्ने निर्णय गर
जुन दिन तिमी राम्रो भैदिनुपर्ने
आफ्नो भैदिनुपर्ने
आफ्नै मनका जंजीर तोडौली
जुन दिन तिमी कसैले कुनैदिन
आफूलाई बुझिदिने
आफ्नो भनेर अंगालीदिने
भ्रमबाट निस्कौली
त्यसदिन तिमी स्वतन्त्र मात्र होइन
कति शाहषी छ्यौ बुझ्नेछ्यौ
तिमीले आफूले आफैंलाई नचिनेसम्म
संसारले कसरी चिन्ला?
संसार आफ्नै त ऐना हो
एकपटक तिमी आफूलाई छामेर त हेर
आफूलाई बुझेर त हेर
आफूलाई माया गरेर त हेर ।
कसैलाई नरिझाई
कसैलाई नसुम्सुम्याई
कसैलाई खुशी नबनाई
केवल आफू बनेर ।
