तिमीलाई दुख पर्यो कि भनी मैले कहिल्यै सोधिन आमा
तिम्रो कुरा लुकाउने बानी मलाई पहिल्यै देखि थाहा छ
तिमीले आँसु निल्दै फोनमा बोल्दा म सबै थाहा पाउछु
तर के भो आमा भनी सोध्दिन, मेरो बोलि निस्किदैन
मैले सोधे पनि तिमीले भन्ने छैनौ तर यो थाहा भएर नसोधेको होइन
आफूलाई शान्त राख्न नसोधेको, तिमीलाई भ्रम दिन नसोधेको
तिम्रा रसिला आँखा नदेखे जस्तो गर्दा तिमीलाई लागोस्
कि मेरी छोरी मेरा पिडाहरु बाट अन्जान छे
आमा, म तिमीलाई केहि पनि दिन सक्दिन
न केहि बोलेर तिमीलाई शान्त गर्न सक्छु
तिमीले लुकाउन चाहेका आँसु म बगाएर मन पखाल भन्न सक्दिन
एउटा मात्रै इच्छा छ मेरो -योग ध्यान गर आमा
सायद मैले दिन नसकेको खुशी तिमीले ध्यान मा पाउछेउ होला
आफ्ना दुख र पिडा हरुलाई ध्यानबाटै टाटा बाई बाई गरौली
आमा, तिम्रो शरीर दुख्छ म मालिस गरन सकदिन
तिम्रो मन दुख्छ म आंसु पुछन सकदिन
तिमी योग ध्यान गर न आमा,

त्यसैले तिमिलाई स्वस्थ बनाउछ, तिमिलाई शान्ति दिन्छ
तिमीलाई आफनै शरीर चंगा झै लाग्न थाल्छ
आफनै मन फूल जस्तै हासन थाल्छ
तिम्र आसू खसलन तर खुशी ले
मेरो मन गदगद हुनेछ
अामा, योग ध्यान गरीदेउ न 